Khulla Bichar Online

बागलुङको गल्कोट ०४ चमुवामा पहिरो, रेडक्रसद्वारा राहत वितरण

अविरल वर्षासँगै आएको पहिरोले बागलुङ जिल्ला गल्कोट नगरपालिका वार्ड नम्मर ४ चमुवा मा केयरसिङ सुनारको घर अगाडि पहिरो गएको छ l नेपाल रेडक्रस सोसाइटी, ओखरबोट उपशाखाले पहिरो पीडितलाई राहतस्वरूप तिरपाल वितरण गरेको छ।

रेडक्रस सोसाइटी ओखरबोट उपशाखाका अध्यक्ष हेमराज गैरेका अनुसार, “विपद्‌मा परेका समुदायको जीवनरक्षा हाम्रो पहिलो प्राथमिकता हो। पीडितको अवस्था बुझेर यथासक्य छिटो राहत पु¥याउने प्रयासमा हामी जुटेका छौं l

यसैगरी, रेडक्रस सोसाइटीका सचिव डोर्णराज पौडेलले भने, “स्थानीय तह, प्रदेश सरकार तथा संघीय निकायसँग समन्वय गरेर राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउँदै लगिनेछ।”

पीडित परिवारहरू अहिले रेडक्रसले वितरण गरेको तिरपालले तत्काल  व्यवस्था मिलेको पीडितहरू बताउँछन्।

स्थानीय तह तथा रेडक्रसले पहिरो प्रभावित क्षेत्रमा थप जोखिम मूल्याङ्कन कार्य अगाडि बढाइरहेका छन्। साथै, सचेत रहन र आवश्यक परेमा सुरक्षित स्थानमा सर्न रेडक्रस आग्रह गरेको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.