Khulla Bichar Online

दुई बालिका स्कूल जान निस्किएपछि बेपत्ता, परिवार चिन्तित

भानु (तनहुँ), साउन २१ –
भानु नगरपालिका–४ राना गाउँबाट स्कूल जान निस्किएका दुई बालिकाहरू आज बिहानदेखि बेपत्ता भएका छन्। हराउनेमा वर्ष १२ की मन्सु घर्ती (कक्षा ५ मा अध्ययनरत) र वर्ष ३ की कञ्चन घर्ती रहेका छन्। उनीहरू खुम बहादुर घर्ती मगर र शोभा घर्तीका छोरीहरू हुन्।

परिवारका अनुसार दुवै बहिनीहरू बिहान स्कूल जान निस्किए पनि विद्यालयमा उपस्थित नभएको जानकारी प्राप्त भएको छ। उनीहरू विद्यालय पुग्न नपाउँदै बाटोबाटै हराएको अनुमान गरिएको छ।

हराएकी मन्सु घर्तीको हुलिया अनुसार उनको कपाल छोटो र कर्ली छ, उनी सेतो जुत्ता र निलो–पहेंलो रंगको विद्यालय ट्र्याकसुट लगाएर निस्किएकी थिइन्।

बालिकाहरू हराएपछि परिवारजन, छिमेकी र स्थानीयले गाउँ वरिपरि खोजी गरेका थिए तर साँझसम्म पनि उनीहरूको कुनै अत्तोपत्तो लागेको छैन।

परिवार र प्रहरीले आम सर्वसाधारणलाई निम्न नम्बरमा सम्पर्क गरी जानकारी दिन आग्रह गरेका छन्:

  • इलाका प्रहरी कार्यालय, भानु–२ नारेश्वरटार
     📞 ९८५६०९०१७३ / ९८५६०८०१७२
  • बालिकाहरूका पिता खुम बहादुर घर्ती
     📞 ९७०७८८६५०८

स्थानीय प्रहरी कार्यालयले बालिकाहरूको खोजी कार्य अघि बढाइएको जनाएको छ। यस्तै घटनामा सतर्क रहन अभिभावक र विद्यालयलाई पनि सचेत रहन अनुरोध गरिएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.