Khulla Bichar Online

सामाजिक सञ्जाल दर्ताको अन्तिम दिन आज

सामाजिक सञ्जाल दर्ताको अन्तिम दिन आज

तनुहँ, १८ भदौ २०८२ ।
नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई दर्ता गर्न आज अन्तिम दिन तोकेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जारी गरेको ‘सामाजिक सञ्जाल प्रयोग व्यवस्थापन निर्देशिका, २०८०’ अनुसार नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लेटफर्मले अनिवार्य रूपमा सरकारसँग दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसअघि मन्त्रालयले सात दिनको अन्तिम चेतावनी दिँदै समयसीमा भित्र दर्ता नगरेमा नेपालभित्रै सेवा अवरुद्ध गर्ने निर्णय गरेको थियो। मन्त्रालयका अनुसार, दर्ता नगर्ने प्लेटफर्मलाई नेपाल दूरसञ्चार प्राधिकरण (NTA) मार्फत बन्द गर्ने प्रक्रिया अघि बढाइनेछ।

सूचना प्रविधि मन्त्री प्रिथ्वी सुब्बा गुरुङले भनेका छन्, “यदि प्लेटफर्महरूले म्यादभित्र दर्ता वा सम्पर्क स्थापना गर्दैनन् भने, तिनीहरूलाई नेपालमा क्रमशः अवरुद्ध गरिनेछ।”

यसअघि फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता ठूला सञ्जालहरूले दर्ता प्रक्रिया सुरु गरिसकेका छन्। तर, अझै केही नयाँ एप तथा साना प्लेटफर्महरूले दर्ता नगरेको मन्त्रालयले जनाएको छ।

सरकारले यो कदम प्रयोगकर्ताको डेटा सुरक्षा, डिजिटल कर प्रणालीको पारदर्शिता, र साइबर अपराध नियन्त्रण गर्ने उद्देश्यले अघि बढाएको हो। मन्त्रालयले भनेको छ, “प्लेटफर्म दर्ता भएपछि मात्र गुनासो सुन्ने संयन्त्र र कानूनी कारबाही सजिलो हुनेछ।”

आजपछि दर्ता नगरेका सामाजिक सञ्जालहरूले कानूनी हैसियत गुमाउने मात्र नभई नेपालमा सेवा सञ्चालन गर्न नसक्ने अवस्था आउनेछ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.